शनिबार, साउन ३१, २०७७ || 699  पटक पढिएको

गल गाउँपालिका २ लिदी लामागाउँको पहिरोमा बेपत्ता भएकामध्ये शनिबार साँझसम्म १८ जनाको शव फेला परेको छ । साविकको गोल्चे गाबिसको लिदीका १३ घरका १८ जनाको शव पहिरोले पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चौताराले जनाएको छ । जिल्ला प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनकाअनुसार मृत्यु हुनेमा १० बालबालिकासहित ४ महिला र ४ पुरुष छन् ।

पहिरोमा मृत्यु हुनेमा लिदी लामागाउँकी टिकामाया दोङ, छिरिङ दोङ, जिते झाँक्री, मिलन दोङ, सानु दोङ, जयबहादुर दोङ, दावाल्हामु दोङ, प्रिती दोङ, कान्छी दोङ, धनमाया दोङ, रेमीश दोङ, माइला दोङ, मेकमाई दोङ, च्यामा दोङ, विमला दोङ, कबिर दोङ, लक्ष्मी दोङ र मानबहादुर दोङ छन् । शवको बौद्ध परम्पराअनुसार सामूहिक रुपमा अन्येष्टि गरिएको छ ।

अन्य बेपत्ताको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित ५५ जनाको टोलीले साबेल, कोदालो प्रयोग गरी खोजिरहेको डिएसपी काफ्लेले बताए ।

गाउँपालिकाले पुष्टि गरेको ३८ जनाको सूचीमा वडाध्यक्ष प्रताप लामाको टोलीले स्थानीय कबिर दोङ बेपत्ता भएको नाम नभएको जानकारी दिएपछि बेपत्ता थपिएको डीएस्पी काफ्लेले पुष्टि गरे । ‘अहिले थपिएकोसहित २१ बेपत्ताको खोजी कार्य तीव्र बनाइएको छ, सिमसिमे पानीले गर्दा पहिरोको जोखिम बढाएको छ, केही प्रभावित भए पनि काम अगाडि बढ्दैछ,’उनले भने ।

जिल्ला अस्पताल चौतारामा उपचाररत घाइते जुगल लिदीका ९ वर्षका रुपबहादुर दोङ शनिबार डिस्चार्ज भएका छन् । जुनमाया दोङ, केवरीङ दोङ र पासाङ दोङ, दावाग्याल्बो दोङको भने सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते यामुलामु दोङको राजधानीको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको उनले जनाए । डीएसपी काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!