शनिबार, साउन ३१, २०७७ || 601  पटक पढिएको

नेपाली काँग्रेसको आगामी फागुनमा हुने को मिति नजिकिँदै जाँदा सभापतिका आकाङ्क्षी सतहमा आउन थालेका छन् । कतिपय नेता साँच्चिकै निर्वाचनको प्रतिस्पर्धामा उत्रने तयारीमा छन् भने केही नेता चर्चामा आउन पनि सभापतिको उम्मेदवारको दाबी प्रस्तुत गर्दैछन् ।

स्वाभाविक प्रतिस्पर्धी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल देखिएका छन्। उनीहरू १३औँ महाधिवेशनका मुख्य प्रतिस्पर्धी हुुन। त्यस्तै सभापतिका अर्का प्रतिस्पर्धी कृष्णप्रसाद सिटौलाले १४औँ महाधिवेशनमा पनि निरन्तरता दिने सम्भावना छ ।

त्यसैले १३औँ महाधिवेशनकै तीन प्रतिस्पर्धा अहिले सभापति बन्ने दौडमा लाग्नु अनौठो नभएको काँग्रेसभित्र विश्लेषण छ ।पछिल्लो पुस्ताको हिसाबले १४औँ महाधिवेशनमा सभापति पदको चर्चामा रहेका उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंहको नाम अग्र पङ्क्तिमा छ ।

उनीहरू दुवै नेताको पारिवारिक इतिहास गौरवपूर्ण छ । उपसभापति विमलेन्द्र निधि तत्कालीन काँग्रेस महामन्त्री महेन्द्रनारायण निधिका छोरा हुन । उनले पार्टीका
विभिन्न पदमा बसेर नेतृत्व प्रदान गरिसकेका छन् ।

अर्कातिर प्रकाशमान सिंह पूर्वमहामन्त्री रहिसकेका छन् । छयालीस सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंह र महिला नेत्री मङ्गलादेवी सिंहका छोरा हुन । उनले आफू पार्टी सभापतिको दाबेदार भएको बताउँदै आएका छन् ।

बीपी पुत्र एवं वर्तमान काँग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले त शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्न सक्ने एकमात्र उम्मेदवार आफू भएको दाबी गर्दै आएका छन् । कोइराला परिवारका नेतात्रय डा शेखर कोइराला, डा शशाङ्क कोइराला र सुजाता कोइरालामध्ये एक जनाले सभापतिको उम्मेदवारी दिन सक्ने विश्लेषण छ ।

काँग्रेसमा सभापति उठ्नेहरूको उच्च चर्चासँगै विधिमा पनि प्रश्न उठेकोे छ । काँग्रेस केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालको विश्लेषण छ, “शेरबहादुर देउवाले अहिले आएर विभागहरू गठन गर्नुको मुख्य कारण नै आफ्नो पक्षमा महाधिवेशनको परिणाम ल्याउने चाल हो ।

महासमितिले पारित गरेको विधानलाई बेवास्ता गर्दै २८ वटा विभाग थप्नुको अरू कारण केही छैन । ”हालको संस्थापन पक्षबाट सभापति देउवालाई चुनौती दिने सभापतिको उम्मेदवार विमलेन्द्र निधि नै भएको संस्थापन पक्षकै उच्च तहमा चर्चा गरिन थालिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!