शनिबार, पौष २६, २०७६ || 1051  पटक पढिएको

हिपमत डटकम
काठमाडौं ,पुस -२६:नयाँ पत्रिकाका अनुसार जीर्ण अवस्थामा पुगेका दशकौं पुराना सामुदायिक विद्यालय भवन १२ वैशाख २०७२ को भूकम्पमा बस्नै नमिल्ले गरी खलबलिए । काठमाडौँ, भक्तपुर र ललितपुरका पुराना सहरी क्षेत्रका अधिकांश त्यस्ता विद्यालय भवन गल्र्याम्मै नढलेपनि जुनसुकै बेला ढल्ने अवस्थामा पुगे । प्रधाविधिकहरुले त्यस्ता भवनमा अध्ययन–अध्यापन गर्न निमिल्ने भन्दै रातो स्टिकर लगाए । भवन जुनसुकै बेला भत्किन सक्ने खतराको सूचक थियो–रातो स्टिकर । तर, विद्यालय भनव न पुनःनिर्माण भए, न पठनपाठन रोकियो । धराप बनेका उपत्यकाका त्यस्ता दर्जनौं विद्यालय भवनमा अहिले पनि सयौं बालबालिकाको जीवन जोखिममा परेर अध्यापन गराइँदै छ ।काठमाडौँको ढोकाबहालस्थित अरुणोदय आधारभूत विद्यालय, हनुमानढोका निजिकै याटखास्थित कन्या मावि, न्यूरोडस्थित हिमालयमाविलगायत विद्यालय भवनमा भुकम्पले क्षति गरेपछि रातो स्टिकर लगाइएको थियो । यी भवन जुनसुकै बेला भत्किने अवस्थामा छन् । मापदण्डअनुसार नयाँ भवन बनाउन आवश्यक जग्गा पनि छैन । त्यस्तै अन्य विद्यालयको पनि अवस्था त्यस्तै रहेको उल्लेख गर्दै नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!