बिहिबार, साउन २९, २०७७ || 1410  पटक पढिएको

अभिनेत्री जाह्नवी कपुर अभिनित फिल्म ‘गुन्जन सक्सेना: द कारगिल गर्ल’ रिलिज लगतै विवादमा परेको छ । फिल्ममा वायुसेनालाई गलत तरिकाले देखाइएको भन्दै भारतीय वायु सेनाले आपत्ति प्रकट गर्दै फिल्मका विरुद्ध कारवाहीको माग गरेको छ । भारतीय वायुसेनाले सेन्सर बोर्डलाई एकपत्र लेख्दै फिल्ममा रहेका केही दृश्य सम्पादनको माग समेत गरेको छ । १२ अगस्ट अर्थात बुधबार ओटीटी प्लेटफर्मबाट रिलिज फिल्म भारतीय वायुसेनाको लडाकु पाइलट गुन्जन सक्सेनाको जीवनमा आधारित रहेर निर्माण भएको हो । फिल्ममा जाह्नवी कपुरले गुन्जनको भूमिका निर्वाह गरेकी छन् ।

पहिले यो फिल्म मार्चबाट चलचित्र घरमा रिलिज हुने र बताइएको थियो । तकोरोनाको कारण फिल्म रिलिज डेट परिवर्तन भएर डिजिटल प्लेटफर्म मार्फत रिलिज भएको हो । जाह्नवी कपूरका साथै पंकज त्रिपाठी, अंगद बेदी, विनीत कुमार सिंह लगायतका कलाकाको अभिनय रहेको फिल्म शरण शर्माले निर्देशन गरेका हुन् । गुन्जनले भारत र पाकिस्तान बिच १९९९ भएको कारगिल युद्धमा आफ्नो बहादुरी देखाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!