बिहिबार, साउन २९, २०७७ || 550  पटक पढिएको

नेपाली टेलिभिजनमा अन्तरास्ट्रिय फ्रेन्चाईज रियालिटी शोको बाहुल्यता बढिरहेको अवस्थामा सोही स्तरको रियालिटी शो कमेडी च्याम्पियन सन्चालन आयो । आफ्नै देशको अर्गानिक शोको रुपमा परिचीत हुँदै लोकप्रियता हासिल गरेको पहिलो सिजनको बिजेतालाई पुरस्कार बितरण गरिएको छ ।

कोरोनाको कहर बिचमा कार्यक्रमको आयोजना गर्न नसकेको निर्माण टिमले कान्तिपुर टेलिभिजनको एक कार्यक्रममार्फत गाडी हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा कान्तिपुर टेलिभिजनको तर्फबाट स्टेशन प्रमुख दिनेश डिसी, कमेडी च्याम्पिनको तर्फबाट निर्देशक विशाल भण्डारी, कार्यकारी निर्माता केकी अधिकारी र राज अधिकारीको साथमा विजेता हिमेश पन्त उपस्थित रहेका थिए ।

५० प्रतिशत नगद पुरस्कार प्रदान गरेको आयोजकले बाँकी ५० प्रतिशत नगद र २५ लाख पर्ने गाडीको चावी हस्तान्तरण गरेको हो । भव्य कार्यक्रमको आयोजना गरेर हस्तान्तरण गर्ने योजना भए पनि कोरोनाको कारण उक्त काम सम्भव नभएको निर्माण टिमले जानकारी दिएको छ । सिजन २ को डिजिटल अडिसन सुरुवात गर्न अगाडी नै पहिलो सिजनको विजेतालाई पुरस्कार हस्तान्तरण गरिएकी हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!