नेपालभारत सीमा नाका जोडिएको बाँके कारागारमा रहेका कैदीबन्दी र थुनुवामा कोरोना सङ्क्रमण देखिएपछि अन्य जिल्लामा सारिएको छ । बाँके कारागारका कैदीबन्दीमा कोरोना सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनसँंगको समन्वयमा कारागार प्रशासनले महिला कैदीबन्दीलाई दैलेख र थुनुवालाई बर्दिया जिल्ला कारागारमा पठाएको हो ।बाँके कारागारमा रहेका महिला कैदीबन्दी र उनका आश्रित नाबालक एक गरी ३१ जनालाई दैलेख कारागार तथा १५ थुनुवा र एक नाबालक आश्रित गरी १६ जनालाई बर्दिया जिल्ला कारागारमा पठाइएको बाँके कारागारका जेलर देवेन्द्रमान श्रेष्ठले जानकारी दिए । दुई सय ५० पुरुष र ५० महिला गरी तीन सयको कैदीबन्दीको क्षमता रहेको बाँके कारागारमा हाल दोब्बर बढी ७७० पुरुष र ४५ महिला तथा दुई आश्रित नाबालक गरी ८१७ कैदीबन्दी र थुनुवा छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!