बुधबार, साउन २८, २०७७ || 617  पटक पढिएको

कतारमा सन् २०२२ मा हुने फिफा विश्वकप र चीनमा सन् २०२३ मा हुने एएफसी एसियन कपको संयुक्त छनोट प्रतियोगिताअन्तर्गत बाँकी रहेका खेलहरु पुनः स्थगित भएको छ । नेपालले प्रतिस्पर्धा गरिरहेको फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गतका बाँकी खेलहरु पुनः स्थगित गरिएको एसियन फुटबल कन्फेडेरेसन (एएफसी)द्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

कोरोना भाइरसको महामारीलाई दृष्टिगत गर्दै फिफासँगको छलफलपछि अक्टोबर र नोभेम्बरमा तय गरिएको छनोट खेलहरु सबै स्थगित गरिएको एएफसीले जनाएको हो । अब उक्त खेलहरु सन् २०२१ मा हुने जनाएको छ । तर, कुन मितिमा हुने भन्ने निर्णय भएको छैन । विश्वकप र एसियन कप छनोटको खेलमा नेपालले अब तीन होम खेल खेल्न बाँकी छ । यसअघि नेपालले दशरथ रङ्गशालामा असोज र कात्तिकमा तीन खेल खेल्ने तालिका तय गरेको थियो । समूह ‘बी’ मा रहेको नेपालको पाँच खेलबाट तीन अङ्क रहेको छ । चाइनिज ताइपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा भने अष्ट्रेलिया रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!