बुधबार, साउन २८, २०७७ || 748  पटक पढिएको

संयुक्त अरब एमिरेट्स (युएई) मा गत पाँच महिनाभित्र विविध कारणले १ सय १० जना नेपालीको ज्यान गएको छ। गएको पाँच महिनामा विभिन्न कारणले १ सय १० जना नेपालीको ज्यान गएको युएईस्थित नेपाली दूतावासले जनाएको हो । मृत्यु हुनेमा ५ महिला र १ सय ५ जना पुरुष रहेका छन् । त्यसमध्ये ३६ जनाको कोरोनाका कारणले ज्यान गएको छ । कोरोनाका कारण मृत्यु हुनेमध्ये १ महिला र बाँकी पुरुष छन् ।

कोरोनाको कारण मृत्यु भएका ३६ जनासहित ६९ जनाको शव यूएईमै अन्त्येष्टि गरिएको नेपाली दूतावास आबुधावीले जनाएको छ । शवको अन्त्येष्टि गर्न दूतावासले ‘नो अब्जेक्सन’ जारी गरेको थियो । बाँकी ४१ जनामध्ये २६ जनाको शव चार्टर उडान मार्फत नेपाल पठाइएको छ ।

४ जनाको शव नेपाल फर्काउने तयारी छ भने ११ जनाको शव अनुसन्धानका लागि विभिन्न अस्पतालका शवगृहमा राखिएको दूतावासको भनाई छ । हवाई उडान समयमा नहुँदा युएईमा ज्यान गुमाउनेको शव नेपाल पठाउन सकिएको थिएन ।

शव नेपाल पठाउन नसकेपछि स्थानीय प्रशासनले पटक पटक कुटनैतिक माध्यममार्फत शव व्यवस्थापनमा सहयोग गर्न दूतावासलाई अनुरोध गरेको थियो । सन २०१९ को एक वर्षको अवधिमा युएईमा जम्मा १ सय ५ जनाको मृत्यु भएको थियो भने सन २०१८ वर्षभरिको अवधिमा १ सय ३ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!