बुधबार, साउन २८, २०७७ || 855  पटक पढिएको

प्रेम र विवाहको नाटक गरेर युवती बलात्कार गरेको आरोपमा थानकोट प्रहरीले धादिङ घर भएका राजन विश्वकर्मा उर्फ राज सेन्चुरीलाई पक्रेको छ । काठमाडौं घर भएकी २४ वर्षीया युवतीलाई राजनले तीन महिना प्रेम सम्बन्ध राखेर नक्कली विवाह गरे । नाम, थर ढाँटेर प्रेम विवाह गरेका राजनले थानकोट चेकपोष्ट स्थित डेरामा युवतीलाई ६ दिन बलात्कार गरेर फरार भएका थिए । बलात्कार गरेर पिडितले दराजमा राखेको २ लाख नगद र २ तोला सुन लिएर भागेको महानगरीय प्रहरी वृत थानकोटको डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

‘पीडितले दिएको जाहेरीको आधारमा हामीले उनलाई पक्रेर बलात्कार र ठगी मुद्दा चलाएका छौँ,’ डिएसपी श्रेष्ठले भने, ‘बलात्कार गर्ने नियतले नै प्रेम–विवाहको बहाना बनाएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।’ काठमाडौँमा घर र जमिन भएकी युवतीलाई सेन्चुरीले ठग्ने र बलात्कार गर्ने नियतले नै मायाको जाल बिछ्याएको पाइएको छ । ‘भागी विवाह’पछि थानकोट चेकपोष्ट स्थित एक घरमा खोजेको कोठामा फर्निसिङ गर्ने लगायतका खर्च युवतीले नै व्यहोरेकी थिइन् । साउन २२ मा बिहान ५ बजे युवती ब्यूँझदा राजनले पैसा र सुन लिएर भागेको थाहा पाएपछि युवतीले महानगरीय प्रहरी वृत थानकोटमा उजुर गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!