पुर्वका कुख्यात खोला ठेकदार भीमबहादुर पौडेलले स्थानीय वासिन्दालाई प्रयोग गरेर दिन दहाडै तेलि खोलामा स्कावेटर प्रयोग गरि गिट्टी बालुवा उत्खनन् गरेको खुलासा भएको छ ।
केही दिन अघि पौडेलले २ वटा स्कावेटर तेलि खोलामा हालेर हाइवामा दुई सय ट्रिप भन्दा धेरै गिट्टी बालुवा निकालेको खुलासा भएको हो । प्रदेश सरकारको पुर्वाधार विकास मन्त्रालयले ठेक्का लगाएको पथरी –जाँते – ज्यामिरे सडकमा पौडेल लगायतका ब्यावसायिले दोहोरीलत्त हाइवा र ट्रिफर गुडाएपछि बाटोमा एम्बुलेन्स र साना गाडी समेत फस्न थालेका थिए । सडक कालोपत्रे गर्ने जिम्मा समेत पाएका पौडेललाई स्थानीयले बारम्बार सडकमा गिट्टी लगाउन अनुरोध गरेका थिए ।तर,पौडेलले स्थानीयको मागलाई एक कानले सुनेर अर्को कानले उडाइदिएका थिए । पौडेलले नै कालोपत्रे गर्ने सडकमा गिट्टी हाल्न आलटाल गरेपछि स्थानीयले सडक अबरुद्ध गरेका थिए ।
सडक अबरुद्ध गरेपछि पौडेलले हिलाम्मे सडकमा दिनको ४÷५ ट्रिप गिट्टी हाल्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । यद्यपि स्थानीयले पौडेलको प्रतिबद्धता प्रति सहमति जनाएनन् । त्यसपछि पौडेलले नै स्थानीयलाई साथमा लिएर रातारात स्कावेटर तेलि खोलामा हालेर २ सय बढी ट्रिप गिट्टी निकालेको स्थानीयको भनाइ छ ।
स्थानीयले पौडेलसँग भण्डारण गरिएको गिट्टी हाल्न बारम्बार अनुरोध गरेपनि स्थानीयको अनुरोधलाई पौडेलले धोति लगाइदिएका थिए । बाटो चाहिन्छ ,भने खोलाबाट निकालेर हालिदिन्छु भन्दै खोलामा स्कावेटर हालेको प्रत्यक्षदर्शी बताउँछन् ।२ सय ट्रिप भन्दा बढि गिट्टी उत्खनन् गर्दा पनि स्थानीय जनप्रतिनिधिहरु भने बेखबर छन् ।
श्रीओम क्रसर उद्योगका सञ्चालक समेत रहेका पौडेलले भने स्थानीयले खोलाबाटै गिट्टी खनेर हालिदिन आग्रह गरेपछि ३० हाइवा गिट्टी निकालेर हालिदिएको बताए ।उनले भने, मैले स्टक बाटै हालिदिन्छु भनेको थिएँ ।साथीहरू मान्नु भएन,उहाँहरुले जवरजस्ती गरेपछि ३० ट्रिफर गिट्टी हालिदिएको हुँ ।तर,पौडेलकै कर्मचारी निर्मल चौहान ६० हाइवा गिट्टी खोलाबाट निकालेको बताउछ्न ।उनले भने ‘६० गाडी निकालेको हो।बाँकी मलाई पनि थाहा छैन । ’
यता लेटाङ ९ मदनचौकका स्थानीय भने २ सय हाइवा गिट्टी निकालेर बाटो पुरेको दाबी गर्छन् । स्थानीय एक युवाले नाम उल्लेख नगर्ने सर्तमा भने ‘बाटामा एम्बुलेन्स पनि गुड्न छोड्यो ।जेसिवि फस्न थाल्यो । बाटो हिलाम्मे भए पछि पौडेलका गाडी सञ्चालनमा रोक लगायौं ।’ तर, पौडेलले हामी स्थानीयलाई सिरानी लगाएर चरम खोला उत्खनन् गर्नुभयो । हामीलाई बाटो राम्रो चाहिएको हो ।तर,उहाँले कानुन मिचेर मध्य साउनमा खोलामा स्कावेटर चलाउनु भयो ।
दादागिरी शैलीमा खोलामा स्कावेटर चलाउँदा समेत स्थानीय सरकार भने नदेखे झै चुपचाप बसिरह्यो । वाड नं. ९ का वडाध्यक्ष कृष्ण लुइँटेलले भने ‘ सडक साँच्चिकै बिग्रेको थियोे ।त्यसैले २ ÷४ गाडी गिट्टी निकालेर हालेको भन्ने सुनेको हो ,तर विस्तृत जानकारी मलाई पनि छैन ।

जानकारहरुका अनुसार एउटा हाइवामा १८ घनमिटर गिट्टी जान्छ ।जसको चलनचल्तीको मूल्य १६ हजार रुपैयाँ हो ।यहि हिसाबले पनि पौडेलले ३२ लाख रुपैयाँको गिट्टी बालुवा अबैध रुपमा निकालेर आफैले काम गर्नुपर्ने सडकमा हालेका छन ।

तर,२ दिन लगातार स्कावेटर लगाउँदा २ करोड बढिको गिट्टी बालुवा उत्खनन् भएको स्थानीय ब्यावसायिहरु दाबी गर्छन ।उत्खनन् गरेको स्थान र पौडेलको स्टक क्षेत्र २० मिटर वरपर पर्छ । स्थानीयको सहमति लिए जसो गरेर मध्य साउनमा खोलामा स्कावेटर चलाएर करोडौंका गिट्टी निकाल्दा प्रसासन तथा जनप्रतिनिधी समेत किन चुपचाप रहे ,सरोकारवाला निकाय खोला पीडितहरुले प्रश्न गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!