खबर ठुलो छ

श्रीलङ्कामा कोरोनाभाइरसका कारण बन्द भएका सवै सरकारी विद्यालयहरु पुनः सञ्चालनमा आएका छन् । झण्डै एक महिनादेखि बन्द भएका विद्यालयहरु सोमबारदेखि सुचारु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

पहाडी मुलुक श्रीलङ्कामा अहिलेसम्म कोरोनाभाइरसबाट दुई हजार आठ सयभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । स्वास्थ्य निर्देशिका लागु गर्दै सवै तहका विद्यालयको पठन पाठन शुरु गरिएको सरकारी अधिकारीहरुको भनाइ छ ।

विद्यालय सुचारु गर्नका लागि जारी गरिएको स्वास्थ्य निर्देशिकामा सवैले मास्क अनिवार्य लगाउनु पर्ने, सावुन पानीले हात सफा गरिरहनु पर्ने वा सेनिटाइजरको प्रयोग गर्नु पर्ने, सामाजिक दुरी कायम गर्नुपर्ने लगायत समेटिएको छ । सामाजिक दूरी कायम गर्दा कम्तीमा एक मिटर टाढा रहनु पर्ने निर्देशिकामा लेखिएको समाचारमा जनाइएको छ ।

शिक्षा मन्त्रालयले दुई सयभन्दा बढी विद्यार्थी भएको विद्यालयहरुमा आलोपालो अध्ययनको व्यवस्था गर्न पनि सूचित गरेको छ । केही विद्यालयहरु यसअघि गत जुलाईमा पनि खोलिएको थियो । तर सङ्क्रमितको संख्या बढ्न थालेपछि फेरी बन्द गरिएको थियो ।

श्रीलङ्कामा सोमबारसम्मको विवरण अनुसार देशभरी दुई हजार ८४४ जना सङ्क्रमित भएका छन् । ती मध्ये दुई हजार ५९३ जना सङ्क्रमणमुक्त भइसकेका छन् भने अरु ११ जनाको मृत्यु भएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।

मंगलबार, साउन २७, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया