एक पुरुषको विभत्स रुपमा हत्या गरी गोंगबु/टोखा क्षेत्रमा फ्याँकेर भागेका हत्याराको खोजी गर्न महानगरीय अपराध महाशाखाका एसपी ईश्वर कार्कीको नेतृत्वमा ५ वटा टोली परिचालन गरिएको छ । कार्कीको नेतृत्वमा महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगञ्जबाट हत्यारा खोज्न ५ टोलीलाई तैनाथ गरिएको हो । महाशाखा प्रमुख एसएसपी दिपक थापाले हत्यारा पत्ता लगाउन सुरक्षा संयन्त्रलाई परिचालन गरिएको बताए । शनिबार राती खुँडा प्रहार गरी एक पुरुषको हत्या गरेर टोखा नगरपालिका–१०, नवज्योती मार्गमा फ्याकिएको स्थानमा शव भेटिएको थियो ।

आइतबार बिहानै पार्किङ गरी राखेका ट्याक्सी र मारुती भ्यानको बीचमा सुटकेस फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै प्रहरीले सुटकेस खोलेर हेर्दा टाउको र घुँडामुनी दुवै खुट्टा काटिएको अवस्थामा एकजना पुरुषको शव फेला पर्‍यो । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको टोली थप अनुसन्धानमा जुटे । प्रहरीको डग स्कुलबाट कुकुर पनि ल्याइयो । टाउको र खुट्टा बिनाको मृत शरीर भएकाले अनुसन्धानमा अलमलिएको प्रहरीलाई सहयोग गर्न डग स्कुलबाट ‘ब्लन्ट हन्ट’ कुकुर झिकाइएको थियो । ब्ल्नट हन्ट केही वर्ष अघिमात्रै प्रहरीले किनेको कुकुर हो ।

अनुसन्धानमा खटिएको टोली कुकुर अघि लगाएर बेपत्ता बनाइएको टाउको र खुट्टा अनि फरार व्यक्तिको खोजीमा जुटे । केहीबेरमै व्लन्टले सुटकेस भेटिएको ठाउँबाट करिब ३ सय मिटरपर स्वर्गद्धारी मार्गमा प्लास्टिकको झोलामा बेरिएको अवस्थामा टाउको र दुइटै खुट्टा फेला पार्‍यो ।

एसएसपी दिपक थापाका अनुसार टाउको हुलिया हेर्दा मंगोलियन समुदायका अन्दाजी ४४/४५ वर्षका पुरुषको शव भेटिएको हो । टाउको भेटिएको स्थानबाट कुकुर अघि बढ्यो । एसएसपी थापाका अनुसार १ किमीभन्दा पर चौबाटो रहेको सिद्देश्वर मन्दिरसम्म पछ्याएको थियो । तर, त्यहाँबाट कुकुर अघि नबढेका कारण हत्या गर्ने मानिस गाडी चढेर भागेको हुनसक्ने थापाले बताए । प्लास्टिक र सुटकेसमा भेटिएको ती पुरुषको क्षतविक्षत अवस्थाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

पोष्टमार्टममा संलग्न चिकित्सकको भनाई उदृत गर्दै एसएसपी थापाले शनिबार राति हत्या गरेर शव फ्याँकिएको बताए । ‘हत्या शनिबार राति भएको चिकित्सकहरुले उल्लेख गर्नु भएको छ, हाम्रो अनुसन्धानमा पनि ६ घण्टा अघि मारेर फ्याँकिएको हुनसक्ने देखिन्छ,’ थापाले भने, ‘अपराधीले छोडेका केही संकेतहरु फेला पारिसकेका छौं, छिट्टै हत्यारा पत्ता लगाइन्छ ।’

एसएसपी थापाले हत्याका पछाडि लेनदेन, खानपिन विवाद, झैझगडा, रिसइवीलगायत कारण पनि हुनसक्ने बताए । उनले कसैका आफन्त हराइरहेको र सम्पर्कबिहीन भएको भए प्रहरीमा खबर गर्न पनि अपील गरे । हत्याको घटना सबैले जानकारी पाउँदा पनि आफन्त सम्पर्कमा नआउनुले झनै रहस्यमय बनाइदिएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!