प्रदेश नं.१ स्तरीय कोरोना उपचार अस्पतालहरु भरिएपछी रंगेली नगरपालीकाले आफै आईसोलेशन सेन्टर संचालनमा ल्याएको छ । रंगेलीमा समुदाय स्तरमै फैलिएपछी कोरोना संक्रमितलाई राख्न समस्या भएपछी नगरपालीकाले आईसोलेशन सञ्चालनमा ल्याएको हो । रंगेली नगरपालीकाले आफ्नै स्रोत र साधन परिचालन जनता क्याम्पसमा एक सय वेड क्षमताको कोरोना उपचारका लागी आईसोलेशन सेन्टर सञ्चालन गरेको हो । सेन्टरमा कोरोना संक्रमण पुष्टी भई लक्षण देखा नपरेका विरामी राखेर उपचार गरिने र थप उपचार आवश्यक परेका कडा लक्षणका विरामीहरुलाई प्रदेश कोरोना अस्पतालमा लगिने व्यवस्था मिलाएको रंगेली नगरपालीका मेयर दिलीप वगडियाले जानकारी दिए । मेयर वगडियाले पालिकास्तरीय आईसोलेशन सञ्चालन कार्य विधी अनुरुपको मापदण्ड अनुसार क्याम्पस भवनमै आईसोलेशन सेन्टर बनाएको हिपमत डटकमलाई जानकारी दिए ।

यस अधि नगरपालीकाले क्याम्पस भवनलाई कुवारेन्टिनको रुपमा प्रयोग गर्दै आएको थियो । मेयर वगडीयाले भने – प्रदेश एक मै कोरोना संक्रमित दिन प्रति दिन बढ्दै गएकाले हामिले रंगेलीबासीलाई उपचारमा समस्या नहोस भनेर आईसोलेशन सेन्टर संचालन गरेको बताए । आईसोलेशनमा अक्सिजन, तातो पानि, खाना, चिया फलफुलको प्रवन्ध गरिने छ । साथै साबुन, शौचालय र पानीको उचित प्रवन्ध संगै सरसफाईमा समेत ध्यान दिइने मेयर वगडियाले बताए । आईसोलेशनमा उपचारका लागी रंगेली अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.रोहेन्द्र पाँडे नेतृत्वमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी रहने छन् । पछिल्लो समय रंगेलीका ३ स्वास्थ्यकर्मी , ५ विधुत कर्मचारी र एकै परिवारका १४ जना सहित २२ जनामा पहिलो पटक समुदाय स्तरमै कोरोना पोजेटिभ संक्रमित फेला परेपछी कन्ट्याक ट्रेसिङमा थप ३० जना संक्रमित थपिएपछी प्रदेशका कोरोना उपचार केन्द्रले राख्न नमानेपछी नगरले जनता क्याम्पसलाई आईसोलेशनमा रुपान्तरण गरेको बुझीएको छ । नगरले संक्रमितको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी २४ घण्टा एम्वुलेन्स सेवा व्यवस्था मिलाएको छ ।

हाल रंगेली जनता क्याम्पसको आईसोलेशनमा लक्ष्ण देखा नपरेका तर कोरोना पुष्टी भएका २८ जना कोरोना संक्रमित रहेका छन् । साथै नगरपालीकाले रंगेली तिरुपती बालाजी मन्दिरको भवनमा छुट्टै १ सय वेड क्षमताका कुवारेन्टिन समेत रही रहने छ सो स्थानमा अन्य मुलुक बाट फर्की आएकाहरुलाई राखिने व्यवस्था मिलाएको जनाएको छ । प्रदेश सरकारले सञ्चालनमा गरेको कोशी, विपी र गोठगाऊको उपचार केन्द्र तथा आईसोलेशनहरुमा थप संक्रमण पुष्टि भएकाहरुलाई राख्ने ठाऊ नभएको बताउदै संक्रमित लिन नमान्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!