आइतबार, साउन २५, २०७७ || 769  पटक पढिएको

नोबेल अस्पतालमा कोरोना पोजेटिभ देखिएका स्वास्थ्यकर्मीको सम्पर्कमा आएका स्वास्थ्यकर्मीहरुको कन्ट्राक ट्रेसिङ गरी परिक्षण गरिएको छैन । अस्पतालका आइसियू ,इमरर्जेन्सी वार्डमा ती डाक्टरहरुले परिक्षण गरेका थिए । (जी आर) अर्थात सवै वार्डमा हेर्ने डाक्टरहरुले अलराउण्ड हेर्छन् । बिरामी जाचका क्रममा सम्पर्क भएका बिरामी ,नर्स र डाक्टरहरुको पहिचान गर्ने काममा अस्पताल प्रशासन चुकेको छ ।
दुइजनालाई कोरोना पोजेटिभ भएको भनिएपनि थप एकजना डाक्टर समेत आइसुलेसनमा बसेका छन् । स्रोतका अनुसार केही नर्सहरुलाई समेत रुघा,खोकीको लक्षण देखिएको छ । डाक्टरको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको पहिचान गर्ने काम हाल सम्म भएको छैन । त्यस्तै डाक्टरको प्रत्यक्ष सम्पर्कमा आएका डाक्टर र नर्सको समेत पहिचान र परिक्षण गर्ने काम अस्पतालले गरेको छैन।
कोरोना संक्रमण पुष्टि नभएका तर लक्षण देखिएका एक डाक्टरले हालै मात्र विभिन्न वार्डमा बिरामी हेरेको सम्बन्ध स्रोतले बताएको छ । उनी हाल अस्पतालको आइसुलेसनमा बसेका छन् । अस्पतालको ब्यवहारबाट त्यहाँ कार्यरत नर्स,डाक्टर तथा कर्मचारीहरु आतंकित भएका छन् । सामाजिक सन्जालमा अस्पतालको बारेमा केही कुरा बाहिर आए संगै यसको प्रतिबादमा अस्पताल प्रशासन लागेको छ । अस्पतालका प्रबन्धक नारायण दाहालले कोरोना संक्रमण र यसका विषयमा अस्पताल सचेत भएको सुचना जारी गरेका छन् । उनले जारी गरेको सतही सूचनामा अस्पतालले संक्रमित डाक्टरको सम्पर्कमा आएकाहरुको पहिचान गर्ने काम भइरहेको छ भन्ने उल्लेख छैन । यस विषयमा संबन्धित निकाय समेत चुकेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!