शुक्रबार, पौष २५, २०७६ || 1337  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,पुष-२५ : प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणको कार्यप्रगति सन्तोषजनक भएको बताएका छन् ।शुक्रबार बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परामर्श परिषद्को बैठकमा रानीपोखरी, धरहरा लगायतमा भइरहेको कामबारे सुनेपछि कार्यप्रगति सन्तोषजनक भएको बताएका हुन् । प्राधिकरणका कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले निजी आवास निर्माण ६२ प्रतिशत सम्पन्न भएको बताए । वैशाखसम्म रानीपोखरी तयार हुने र धरहरा पुनर्निर्माणले पनि गति लिएको उनले बताए ।त्यो सुनेपछि प्रधानमन्त्री ओलीले अहिलेसम्मको काम सन्तोषजक भएको भन्दै बाँकी काम छिटो गर्न पनि निर्देशन दिए ।
आफूलाई भेट्ने विदेशीहरुले पनि पुनर्निर्माणमा उल्लेख्य प्रगति भएको सुनाउने गरेको भन्दै उनले उद्दारदेखि अहिलेसम्म प्राप्त अनुभव संकलन गरेर सुरक्षित राख्न पनि आग्रह गरेका छन् । उनले एकीकृत वस्ती निर्माणमा पनि जागरण ल्याउनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!