शनिबार, साउन २४, २०७७ || 1104  पटक पढिएको

मोरङको लेटाङ ८ जाँतेकी २५ वर्षीया सीता राई आर्थिक अभावका कारण मृत्यूसँग संघर्ष गरिरहनु भएको छ । दुबै मिर्गौलाले काम गर्न छोडेपछि उपचार गर्दा गर्दै भएको सर्बै श्रीसम्पति सकिएपछि सीता ओछ्यान मै मृत्यूसाग जुधिरहनु भएको हो ।

सीताका श्रीमान तीर्थले २० लाख रुपियाँ खर्च गरिसक्नु भयो । तर, न सीताको स्वास्थ्यमा सुधार भयो । न पैसा नै रह्यो । तीर्थले भएको सबै पुख्र्यौली सम्पति सीताको उपचारमा सकिसक्नु भयो । आफूसँग हुन्जेल हार गुहार गरिन तर,अब पार नलाग्ने भएपछि उहाँ सहयोगका लागि याचना गरिरहनु भएको छ ।

तीर्थका २ जना कलिलो उमेरका छोरीहरू छन् । छोरीहरूको पालन पोषणको जिम्मेवारी त तीर्थको काँधमा छदैछ । त्यहिँ माथि पत्नीलाई मिर्गौला रोग लागेपछि तीर्थ राई यतिबेला इन्तु न चिन्तु हुनु भएको छ । भएको सबै घर घडेरी र अलिअलि पैसा सकियो । बाँकी जीवन कसरी बाँच्ने चुनौती त छदैछ । पत्नीको जीवन बचाउन उहाँलाई अझ सकस परेको छ ।
लेटाङ –८ ज्यामिरेको सारा जमीन उपचार खर्चमा सकिएपछि उहाँको परिवार अहिले मिक्लाजुङ –को माथिल्लो साम्लिङमा सरेको छ । तीर्थले भन्नुभयो – सास हुन्जेल आस हुँदो रहेछ । बाँचे सँगै बस्ने र मरे सँगै मर्ने कसम खाएर ल्याएकी पत्नीलाई बचाउन सुकुम्बासी बन्नु भएका तीर्थले भन्नुभयो – सबै सकिएपछि माग्नुको बिकल्प नै पो के रह्यो र ?

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!