शनिबार, साउन २४, २०७७ || 713  पटक पढिएको

स्थानीय प्रशासनले जारी गरेको ९ दिने निषेधाज्ञाको पहिलो दिन रौतहटमा पूर्ण प्रभाव देखिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले गरेको निषेधाज्ञाको कारण सदरमुकाम गौर, चन्द्रपुर, गरुडा, कटहरिया लगायत सबै बजारहरु विहानैदेखि बन्द रहेको छ । बजारमा रहेका औषधि पसल ,अस्पतालबाहेक अन्य सबै पसल बन्द रहेका छन् । सार्वजनिक यातायातका साथै निजि गाडी पनि चलेको छैन । पूर्व पश्चिम महेन्द्र राजमार्गमा खाद्यान्न र अत्यावश्यक सवारी साधन र पास लिएका गाडी चलिरहेको र अन्यलाई फर्काइएको ट्राफिक प्रहरी कार्यालय चन्द्रपुरका सई होम बहादुर भित्रीकोटिले जानकारी दिएका छन् । रौतहटमा समुदायभित्र कोरोना भाइरसको संक्रमण फैलिएपछि नियन्त्रणको लागि सिडिओ बाशुदेव घिमिरेले एक सूचना जारी गर्दै २४ गते शनिवारदेखि अगामी २९ गतेसम्म जिल्लाभरी लागूहुने गरि निषेधाज्ञाको निर्देशन दिएका छन् ।

निषेधाज्ञालाई उलंघन गरेर हिंड्नेलाई संक्रामक रोग एेन २०२० अनुसार कारवाही गर्नुका साथै अवधिभरी क्वारेन्टाइनमा राख्ने सिडिओ घिमिरेले चेतावनी दिएका छन् । निषेधाज्ञालाई पूर्ण प्रभावकारी बनाउन नेपाल प्रहरीका साथै सशस्त्र र नेपाली सेना समेत परिचालन गरिएको छ । रौतहटका प्रहरी प्रमुख एसपी रबिराज खड्काले निषेधाज्ञा पूर्णरुपमा सफल बनाउन नेपाल प्रहरी सशस्त्र र नेपाली सेनाको संयुक्त टोली जिल्लाको मुख्य स्थानहरुमा परिचालन गरिएको बताए । साथै, ग्रसित बजार तथा गाउँगाउँमा निषेधाज्ञा सफल बनाउन मातहतका सबै प्रहरी युनिटहरुलाई कडाइका साथ निर्देशन दिएको एसपी खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!