खबर ठुलो छ

भारतपछि अमेरिकाले चिनियाँ एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको माउ कम्पनी बाइटडान्ससँग कारोबारमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा बिहीबार हस्ताक्षर गरेका हुन् । यो प्रतिबन्ध अबको ४५ दिनमा लागू हुनेछ । टिकटकसँगै वीच्याटमाथि पनि प्रतिबन्ध लगाइएको छ । यता, अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले टिकटकको अमेरिकीको अधिकार खरिद गर्न खोजिरहेको छ । अब डेढ महिनाभित्र माइक्रोसफ्टले यो डिल पूरा गर्नुपर्नेछ ।

ट्रम्पले चिनियाँ एप राष्ट्रिय सुरक्षा, विदेश नीति र अर्थतन्त्रको खतरा बनेको बताएका छन् । टिकटकले प्रयोगकर्ताको व्यक्तिगत जानकारी लिने गरेको र यसको मद्दतले चीनको कम्युनिस्ट पार्टीले अमेरिकाका कर्मचारीबारे जानकारी लिइरहेको उनको आरोप छ । यसबाट व्यवसायसम्बन्धी जासुसी गर्न सक्ने र व्यक्तिगत जानकारीको आधारमा ब्ल्याकमेलिङ पनि गर्न सक्ने उनले बताउँदै आएका छन् । ट्रम्पले गत शुक्रबार टिकटक प्रतिबन्ध गर्ने घोषणा गरेका थिए । यो हप्ता उनले माइक्रोसफ्टले टिकटक किन्ने कुरालाई समर्थन गर्ने बताएका थिए । तर, उक्त डिलबाट अमेरिकी सरकारले उल्लेखनीय हिस्सा प्राप्त गर्नुपर्ने उनको भनाइ छ ।

शुक्रबार, साउन २३, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया