हिपमत डटकम
विराटनगर,२५ पुस ः विराटनगर महानगरपालिका वडा न. १२ मा अवस्थित जनता बालकल्याण आधारभुत विद्यालयका बालबालीकालाई शुक्रबार महानगरका उप–प्रमुख ईन्दिरा कार्कीले स्वेटर वितरण गर्नुभएको छ ।
सो विद्यालयका एक सय विद्यार्थीलाई उप–प्रमुखले स्वेटर र उनिको टोपि प्रदान गर्नुभयो । लायन्स क्लब अफ सम्बृद्धिले उक्त स्वेटरउपलब्ध गराएको हो । कार्यक्रममा लायन्स क्लबका सम्बृद्धीका पदाधिकारीहरुले समेत न्यानो स्वेटर र टोपी संयुक्तरुपमा वितरण गरेका थिए ।
सो कार्यक्रम विद्यालयका प्रधानाध्यापक हिमा ओझा, क्लबका अध्यक्ष तुसार अग्रवालको सभापतीत्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली काग्रेसका नेता मुसरफ खान, काग्रेसका जिल्ला सदस्य संञ्जय मण्डल , विद्यालयकी प्रधानाध्यापक , हिमा ओझ, नगरपालिकाको कर्मचारी कलपना दाहाल, लगायतको सहभागिता थियो ।
कार्यक्रममा उपप्रमुख कार्कीले सो विद्यालयकालागी आवश्यक पर्ने सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा विद्यालयकि प्रधानाध्यपक हिमा ओझाले विद्यालयमा कम्पाउन्ड वालको आवश्यकता रहेको बताउनुभयो ।

https://www.youtube.com/watch?v=FwhgVeWnj3Y

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!