बिहिबार, साउन २२, २०७७ || 862  पटक पढिएको

प्रविधिका कारण आधुनिक समाज सजिलो त भयो, यसका असरका अनेक रुप देखिँदै गरेका छन् । संचारले जीवन सहज बनाउन भनी मोबाइल बन्यो । अचेल कतिपय ठाउँमा यसलाई दुरुपयोग गर्दा ठूलो नोक्सान ब्यहोर्नु परेको देखिन्छ ।भारतको राजस्थानस्थित एक गाउँ अनुपगढमा हालैको एक घटना हेर्दा यस्तै देखिन्छ । एक युवकले मोबाइलको दुरुपयोग गर्दा त्यसको नोक्सान उनले ब्यहोर्नुपर्यो । त्यसो त गाउँलेहरु पनि सचेत हुन नसक्दा कतिसम्म क्रुर बन्न सक्ने रहेछन् भन्ने उदाहरण देखिएको छ ।

अघिल्लो हप्ताको घटना हो । यहाँ एक युवकले छिमेकी केटीलाई बारम्बार ‘मिसकल’ गरिरहे । केटीलाई झर्को नै लाग्ने गरी ती युवकले रात दिन मिसकल गरेर दुख दिन्थे ।एक दिन ती युवतीले फोन गरेरै भेट्न बोलाइन् । भोलिपल्ट युवक उनलाई भेट्न पुर्व निर्धारित ठाउँ पुगे । तर युवती त्यहाँ एक्लै आएकी थिइनन् । उनको साथमा गाउँले पूरै थिए । घटना खासै ठूलो नभए पनि गाउँलेले युवतीलाई मिसकल गरेको कुरालाई निकै ठूलो र संवेदनशील बनाए ।

फलस्वरुप ती युवकले अपराध नै गरे झैँ उनलाई रुखमा बाँधियो र गाउँले मिलेर कु-ट्न थाले । पालैपालो गाउँलेले उनलाई लौरोले हिर्का-उन थाले । युवकको त्रुटीलाई ठूलो विषय बनाएर नि-र्घात कु-टपिट गरेको यही भिडियो सामाजिक संजालमा भाइरल बनाइएको छ । भारतीय मिडिया दैनिकभास्करले भिडियाे रिपाेर्ट नै बनाएपछि उक्त भिडियाेले बढी चर्चा पाएकाे हाे । घटनापछि भने युवकले आफू पीडित भएको भन्दै प्रहरीकहाँ युवतीसहित गाउँलेलाई उजुरी नै दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!