खबर ठुलो छ

मेलम्ची नगरपालिका–११ मा पहिरो खस्दा पुरिएर मृत्यु भएका दुई जनाको शव वीरगञ्ज पठाइएको छ । हेलिकप्टरमार्फत लग्ने भनिए पनि अन्तिम समयमा बोलेरो जिपमा पठाइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । आफन्तको सल्लाहअनुसार नै शव पठाइएको बताइएको छ । मृतकका आफन्तसँगको छलफलपछि शव पठाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जनाकारी दिए ।

आइतबाको वर्षापछि माथिबाट आएको पहिराले थिचेरको मृत्यु भएको थियो । प्रदेश सरकारले निर्माण गर्न लागेको कभर्डहल निर्माण गर्दै गरेका कामदार बसेको घर पहिराले पुरिएको थियो । पहिरामा परेर ज्यान गुमाउनेमा वीरगञ्जका ४२ वर्षीय राजेन्द्र चौरासिया, ३५ वर्षीय प्रदीप चौरासिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घ्लान, २१ वर्षीय शिवबालक धामी, १७ वर्षीय सोनाम लामा र एक जना भारतीय नागरिक राजेन्द्र चौधरी रहेका छन् । पहिराबाट जीवितै उद्धार गरिएका एक भारतीय नागरिकको उद्धार गरिएको थियो ।

बुधबार, साउन २१, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया