बुधबार, साउन २१, २०७७ || 627  पटक पढिएको

नेपाल कम्युनिस्ट पार्टीको विवाद समाधानका लागि आज पनि बालुवाटारमा बैठक बस्ने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच साँझ ५ बजेका लागि तय भएको बैठकमा समाधानको बिन्दु तयार गर्नेबारे छलफल हुने बुझिएको छ ।

हिजोको बैठकमा ओली र प्रचण्डबीच चर्काचर्की भएपछि विवाद झन् पेचिलो बनेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले झन् एकलौटी ढंगले पार्टी चलाएको भन्दै प्रचण्डले असन्तुष्टि पोखेका थिए । उनले ओलीको सन्देश बोकेर बालुवाटार आउने दोस्रो पुस्ताका नेताहरुलाई दासको संज्ञा दिइसकेका छन् । यसबाट अब प्रचण्ड खरो रुपमा अगाडि बढ्ने संकेत गरेका छन् ।

प्रचण्डले हिजो भैंसेपाटी पुगेर उपाध्यक्ष बामदेव गौतमलाई भेटेका छन् । भेटमा गौतमले प्रस्ताव गरेको छ बुँदेबारे छलफल भएको बुझिएको छ । प्रचण्डले छ बुँदामा केही परिस्कृत गरे कुरा मिल्ने बताएको स्रोतले बताएको छ । प्रचण्डले ओलीले पार्टी अध्यक्ष या प्रधानमन्त्रीमध्ये एक पद छाड्नुपर्ने बुँदा थपेर जानुपर्नेमा जोड दिएको बुझिएको छ । यसो भएमा कुरा मिल्नसक्ने उनको भनाई थियो ।

आफूहरुले प्रधानमन्त्री नै छाड्नुपर्छ नभन्ने तर ओलीले पार्टी र सरकार दुवै एकैपटक संचालन गर्न नसक्दा कमजोरीहरु देखिएको विषय राखेका थिए । सहमतिको बिन्दु ओलीले एक पद छाड्नुपर्नेसम्म हुनसक्ने र त्यो हदसम्म लचिलो हुनसकिने प्रचण्डको भनाई थियो । बामदेवले यसबारे थप छलफल गर्न सकिने धारणा राखेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!