शुक्रबार, पौष २५, २०७६ || 1141  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,पुस-२५:पत्रिकामा सरकारले निःशुल्क वितरण गर्दै आएका केही औषधि खान अयोग्य रहेको पाइएको समाचार पनि छ । बढी प्रयोगमा आउने र जीवनभर सेवन गर्नुपर्ने प्रकारका औषधिहरू खान अयोग्य रहेको फेला परेको हो । नयाँ पत्रिकाले प्राप्त गरेको दस्ताबेजमा आठ प्रकारका निःशुल्क औषधिको ४१ ब्याच पटक–पटक फेल भएको उल्लेख छ । तर, यिनै औषधिहरू अहिले सरकारी स्वास्थ्य संस्थाहरूबाट नियमित रूपमा वितरण भइरहेका छन् ०७५/७६मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य संस्थाहरूबाट निःशुल्क वितरण हुँदै आएका विभिन्न औषधिको २८५ ब्याच परीक्षण गरेको थियो । तर, अनुसन्धान रिपोर्ट भने सार्वजनिक भएको छैन । अनुसन्धान परिषद्का अनुसन्धानकर्ता डा. मेघनाथ धिमालका अनुसार सरकारले परीक्षणमा अयोग्य देखिएका औषधि उत्पादक तथा वितरकलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि मात्रै अनुसन्धानको रिपोर्ट सार्वजनिक गर्ने बताए । उनले भने, ‘रिपोर्टमा गम्भीर विषय उल्लेख छन् ।

यी हुन् खान अयोग्य औषधि

– पोभिडोन आयोडिन सोलुसन : विभिन्न घाउका लागि लगाउने झोल ११ ब्याच

– प्यारासिटामोल झोल : ज्वरोका बिरामीका लागि ४ ब्याच

– प्यारासिटामोल ट्याब्लेट : ज्वरोका बिरामीका लागि ३ ब्याच

– फोलिक एसिड : रगत बढाउने १ ब्याच

– मेटफरमिन : मधुमेहका लागि ५ ब्याच

– मेट्रोनिडाजोल : आउँको लागि १२ ब्याच

– सिप्रोफ्लोक्सासिन (एन्टिबायोटिक) : आँखा, नाकमा राख्ने झोल ४ ब्याच

– फेरस—फोलिक एसिड (आइरन—फोलिक एसिड) : रगत बढाउने १ ब्याच

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!