सोमबार, साउन १९, २०७७ || 735  पटक पढिएको

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सम्पन्न भएको छ । दुई अध्यक्षबीच आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ता बिना निश्कर्ष टुँग्गिएको छ । नेकपानिकट उच्च स्रोतले दिएको जानकारीअनुसार दुई अध्यक्षबीचको आजको छलफल सकारात्मक देखिएको छैन् । दुवै अध्यक्षले आ–आफ्नो अडान कायम राखेका छन्।

के प्रचण्डमा साहस हराएकै हो ?
अध्यक्षद्धय ओली र दाहालसँगै आजको छलफलमा पनि बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सहभागी थिए । दाहालले स्थायी कमिटी तुरुन्तै राख्नुपर्ने अडान राखेका थिए भने ओलीले आफू स्थायी कमिटी नराख्ने पक्षमा रहेको जिकिर गरेका थिए । ओलीले बरु सचिवालय बैठक राख्न दाहाललाई आग्रह गरेका छन् । दुई अध्यक्षबीच भोलि पनि छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!