खबर ठुलो छ

मोरङको रंगेली नगरपालिका ४ आमतोला सुकुम्बासी टोलका ४० बर्षका लखिराम हेमरम परिवारलाई रंगेली मा रहेको सद्भाव बचत तथा ऋिण सहकारी संस्थाले खाद्यन्नसहित लत्ताकपडा सहयोग गरेको छ । तीन वर्षदेखि पेट फुल्ने रोगले पीडित लखिरामको उपचारसँगै घरपरिवारको दैनिक गुजारा समेत समस्या परेको भन्दै केहिदिन अगाडी समाचार प्रकाशन गरेको थियो । त्यो समाचार पढेपछि लखिरामको अवस्था जानकारी पाए पछि संस्थाका अध्यक्ष तथा सदस्य प्रतिनिधि हरुलेे आईतबार घरमै पुगेर खाद्यन्न तथा लत्ता कपडा हस्तान्तरण गरेका हुन । संस्थाले ३० केजि चामल, ५ केजि भुजा, तथ लत्ताकपडा सहयोग गरेका थिए । संस्था स्थापना काल देखिनै गाउँ घर मा असाहय, गरिव तथा अतिविपन्न परिवारहरु लाई विभिन्न ढङ्गबाट हरेक प्रकारको सहयोग हरु गर्दे आएकाे संस्था का अध्यक्ष कमलेश्वर ठाकुरले बताए । घरपरिवारको दैनिक गुजारा चलाउन नसक्ने अवस्थाको परिवारका नेतृत्वकर्ता लखिरामको तीनवर्षदेखि पेट फुलेर स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । उपचारका लागि आर्थिक अभावका कारण उहाँ थलिनु भएको छ । श्रीमती डुलरले जनमजदुरी गरेर छोरा र छोरी हेरचाहसहित बिरामी परेर थलिएका श्रीमान्को स्याहार गर्दै आउनु भएको छ । यस्तो दुःखमा परेको परिवारलाई सद्भाव बचत ले राहत उपलब्ध गराएपछि लखिरामसहित परिवारले हर्षका आँसु खसालेका छन् ।

सोमबार, साउन १९, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया