सोमबार, साउन १९, २०७७ || 482  पटक पढिएको

प्रहरी प्रधान कार्यालयभित्रै विगत नौ दिनमा ७२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । तर, संक्रमणको स्रोत के हो भन्नेबारे प्रधान कार्यालय अहिलेसम्म अनभिज्ञ छ । प्रधान कार्यालयमा सुरुमा ११ साउनमा चार जना प्रहरीमा संक्रमण पुष्टि भएकामा आइतबारसम्म (नौ दिनको अवधिमा) संक्रमितको संख्या ७२ पुगेको छ । सुरुमा संक्रमण पुष्टि भएका प्रहरीमध्ये तीन जना सवारी र एक जना सञ्चार शाखामा कार्यरत थिए ।

उनीहरूलाई सामान्य ज्वरो आएपछि उपचारका लागि प्रहरी अस्पताल पठाइएको थियो । प्रहरी अस्पतालले भने कोरोनाको आशंकामा उनीहरूलाई परीक्षणका लागि टेकुस्थित प्रयोगशाला पठाएको थियो । सो क्रममा प्रहरी प्रधान कार्यालयका प्रहरीमा पहिलो पटक संक्रमण पुष्टि भएको थियो ।

प्रधान कार्यालयले हालसम्म संक्रमण पुष्टि भएका प्रहरीहरूसँग सम्पर्कमा रहेका ५६ जना प्रहरीलाई प्रधान कार्यालयभित्रै क्वारेन्टिनमा राखेको छ । प्रधान कार्यालयले सुरुमा संक्रमण पुष्टि भएकाहरूबाटै संक्रमणको स्रोत खोजी गरिरहेको छ । प्रहरीले राजधानीमा भइरहेका प्रदर्शनहरूबाट समेत संक्रमण सरेको हुन सक्ने आशंका गरेको  छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!