शनिबार, साउन १७, २०७७ || 838  पटक पढिएको

नेकपा विग्रहको राजनीतिमा प्रधानमन्त्री केपी ओलीको पक्षमा देखिएका केही पूर्वमाओवादीले अस्ति बेलुका अर्का अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् । सोही दिन बिहान साढे ७ बजे खुमलटार बोलाइएका पार्टी महासचिव विष्णु पौडेलले उपाध्यक्ष वामदेव गौतमले अगाडि सार्नुभएको सहमतिका ६ बुँदामै सहमत भएर तीन घण्टासम्म अध्यक्षसङ्ग सल्लाह गर्नुभएको श्रोत बताउँछ । मणि–टोपबहादुरहरुले चाहिँ ‘पार्टी विभाजन नहोस् भन्नका लागि केही सन्तुलित भूमिकामा देखियौँ ।

तर, त्यसको अर्थ हामी तपाईंसँग छैनौँ भन्ने होइन’ भन्दै ‘यत्ति कारणले हामीलाई टाढा नदेखियोस्’ भनेको बताइन्छ । पूर्वएमालेको जबजलाई स्वीकारेर कुनै हालतमा जान नसकिने भन्दै उनीहरुले ‘विचारको हिसाबले हामी प्रतिवद्ध छौँ । हाम्रो प्रतिवद्धतामाथि शंका नगरियोस् । विभाजन नै हुने भएछ भने अन्तिममा हामी हुने भनेको तपाईंसँगै हो’ भनेका थिए । उता, बादलपक्षीय नेताहरुको तर्फबाट सूर्यप्रकाश सुवेदी (पथिक) ले अलग्गै भेलाको आयोजना गरेका छन् । बादल, पम्फा भुषालहरु सहितको उक्त भेलामा पार्टी विभाजनलाई हर तहरले रोक्नुपर्छ भन्ने निश्कर्ष निकालिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!