शुक्रबार, साउन १६, २०७७ || 853  पटक पढिएको

कुकुर जनावर मध्ये धेरै वफादार मानिन्छ । कुकुर र मालिक बीचमा एक किसिमको माया हुन्छ । आज हामी तमिलनाडुको तंजावुरमा भएको घटनाको बारेमा चर्चा गर्नेछौ । जहाँ एक ककुुरले आफ्नो मालिकलाई बचाउनको लागि ५ फिट लामो कोबरा सर्पसँग भिडेको थियो ।

कुकुरले मालिक नटराजन नामका एक किसान हुन् । जो बगैचामा कुनै काम गरिरहेका थिए तब अचानक ५ फिट लामो कोब्रा सर्प झाडिबाट निस्किएर अगाडी आयो । सर्पलाई देखेर नटराजनको हात खुट्टा काम्न थाल्यो र उनले केही सम्झन सकेनन् तर उनको कुकुर गएर कोबरा सर्पसँग भिड्न थाल्यो । कुकुर र सर्प लडेको देखेर नटराजन घरतीर लठ्ठी लिन दौडेको समयमा कुकुरले सर्पलाई मारीदिएछ । नटराजन फर्किदा त सर्प मरिसकेको रहेछ र रगतमा लतपतिएको रहेछ ।

नटराजनले तुरुन्त कुकुरलाई गलामा राखे तर केहि समय पछि कुकुरको पनि मृत्यु भयो । उनी आफ्नो कुकुर मरेपछि धेरै रोए । उनको ज्यान कुकुरले नै बचाएका थिए । यदि आज कुकुर हुन्न थियो भने उनको ज्यान जान सक्थ्यो । उक्त दयालु कुकुरको कहानी सुन्नको लागि टाढा टाढाबाट मानिसहरु आइरहेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!