विराटनगर महानगरपालिकाले लकडाउन गर्ने निणर्य गरेको छ ।
महानगरपालिका गएराती १२ बजे देखि साउन ३० गते सम्म लक डाउन गर्ने निणर्य गरेको हो । महानगरले पत्रकार सम्मेलन गरेर लक डाउन गर्ने निणर्य भएको जानकारी गराएको हो ।
विराटनगर महानगर क्षेत्रमा यो समाचार तयार पार्दा सम्म १ सय ७ जना संक्रमीत भेटिएका छन । विराटनगरमा संक्रमीतको संख्या एक्कासी बढेपछी लक डाउन गर्ने निणर्य भएको हो । स्वास्थ्य सर्तकता अपनाउन लक डाउन गरिएको बताईएको छ ।
लकडाउनमा अती आवश्यकका सेवा बाहेकका सबै सेवाहरु बन्द रहने छन । प्रदेश १ मा १ हजार २४ जना संक्रमीत भईसकेका छन । ७ सय ९० जना निको भएर घर र्फकी सकेका छन । ४३ हजार को पिसीआर परिक्षण भईसकेको छ । प्रदेश १ मा ४ कोरोना उपचार केन्द्र छन । ति उपचार केन्द्रहरुमा संक्रमीतलाई राख्ने बेड खचाखच भरिएको छ ।
पहिलेभन्दा यसपाली गरिएको लक डाउन कडा हुने बिराटनगर महानगर पालिकाका प्रमुख भिम पराजुलीले हिपमत डटकमलाई बताउनु भयो। अति आवस्यक अस्पताल ,औसधि पसल खुल्ने तथा स्वास्थ्य क्षेत्रमा कार्यरत कर्माचार,संचारकर्मी ,एम्बुलेन्स मात्र चल्ने । महानगरबासिमा कुनै पनि मसस्या पाए सिधै मलाई तथा हाम्रो टिमलाई सम्पर्क गरेर समस्या राख्न सकिने प्रमुख पराजुलीले बताउनु भयो।