शुक्रबार, साउन १६, २०७७ || 810  पटक पढिएको

भुवन केसी र साम्राज्ञी राज्यलक्ष्मी शाहबीच फेसबुकबाट शुरु भएको वार अन्ततः अदालत प्रवेश गरेको छ । यी दुईबीच महिना दिनदेखि सामाजिक सञ्जालमा एकले अर्काेलाई खुइल्याउने क्रम शुरु भएको थियो । पिता उमेरका भुवनमाथि साम्राज्ञीले हिलो छ्यापेकी थिइन् चलचित्र ‘ड्रिम्स’ को सेट र जापानको अवार्ड कार्यक्रममा दुव्र्यवहार गरेको, मुखै जोड्न आएको ।

अन्ततः साम्राज्ञीका लागि आरोप महँगो पर्ने भएको छ । गत शुक्रबार भुवन केसीले जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जती मुद्दा दर्ता गरेका छन् । अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार निवेदनमा साम्राज्ञीले आफ्नो चरित्रहत्या गरेको हुँदा १० करोडको क्षतिपूर्ति भराइपाउन माग गरिएको छ । यसअघि नै भुवन चलचित्र कलाकार संघको शरणमा पुगेका थिए । त्यहाँबाट यो प्रकरण साम्य हुन सकेन । रवीन्द्र खड्का संघका अध्यक्ष छन् ।

मुलुकी अपराध संहिता, २०६४ को गाली बेइज्जती गरेमा हुने सजाय (२) मा कसैले कसैलाई बेइज्जती गरे वा गराएको ठहरिएमा बेइज्जती गरिएको व्यक्तिलाई कसूरको गम्भीरता, त्यस्तो व्यक्तिको प्रतिष्ठामा पर्न गएको असर तथा विद्युतीय वा अन्य आमसञ्चारका माध्यमबाट बेइज्जत गरेको भएमा त्यस्तो कुरासमेतलाई विचार गरी मनासिव क्षतिपूर्ति र त्यस्तो व्यक्तिलाई कसूरदारबाट मुद्दामा लागेको खर्चसमेत भराउनुपर्नेछ भन्ने व्यवस्था छ ।

यता, यही प्रकरणलाई लिएर केही महिला र लेक्चरर भुवन केसीको खिलाफमा उत्रिएका छन् । निर्मला ढकाल, त्रिविअन्तर्गत त्रिचन्द्र कलेजमा समाजशास्त्र विषयको अध्यापक हुनुहुन्छ, उहाँले भुवन केसीलाई झापड हानेर नालीमा फाल्नुपर्ने अभिव्यक्ति दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!