हिपमत डटकम
भूमिका पाख्रिन
लेटाङ,पौष २४ :मोरङको लेटाङ नगरपालिकामा अवस्थित श्री शिक्षा विकास माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ४२ वर्ष पुरा गरेको छ । सोही अवसरमा विद्यालयले विहिबार ४२ औं वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको हो । विद्यालय प्राङगणमा भएको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर श्रेष्ठले अध्यक्ष प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसै गरी प्र.अ. लक्ष्मी प्रसाद मिश्रले विद्यालयको प्रगति विवरण पेश गरेका थिए ।

२०३४ सालमा स्थापना भएको विद्यालयमा यस शैक्षिक सत्रबाट कक्षा ११ पनि सञ्चालनमा आएको छ भने अंग्रेजी माध्यमका कक्षाहरुपनि यस विद्यालयमा पढाइने गरिएको छ । कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो भने विभिन्न दाताहरुबाट गरिब, जेहेन्दार, उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्तिहरु समेत प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै लेटाङ नगर प्रमुख शंकर राईले नगरका विद्यालयहरुलाई हरेक क्षेत्रमा सहयोग गर्न नगर प्रतिवद्ध रहेको बताए । त्यसै गरी नगर उपप्रमुख कृष्ण कुमारी पोखरेल निरौलाले बालबालिकालाई खेलौना र चकलेट नदिदा एकछिन् रोए पनि असल संस्कार नदिदा जीवनभर रुनु पर्ने अवस्था आउने भन्दै बालबालिकालाई असल संस्कार दिनु पर्नेमा जोड दिइन । जसका निम्ती विद्यालय र अभिभावकको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

साथै पोखरेलले विद्यालयमा बाल मैत्री बातावरणमा कक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा बोल्दै वडा नं. ५ का वडाध्यक्ष भूम सूर्य मगरले विद्यालय आफ्नो वडाको गहना भएको भन्दै विद्यालयको हरेक क्रियाकलापमा वडाबाट सक्दो सहयोग रहने बताए । विद्यार्थीको विभिन्न साँस्कृतिक कार्यक्रम, शिक्षकहरुको सामूहिक गीत सहित सम्पन्न उक्त कार्यक्रममा अभिभावकहरुका लागी डोरीतान, म्युजिकल चेयर, कार्यक्रम अवधि रहने अभिभावक लगायतलाई चिट्ठा कार्यक्रमहरु समेत राखेर केही फरक तरीकाले बार्षिकोेत्सब कार्यक्रम समापन गरिएको थियो । कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, दाता, अभिभावक लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!