बिहिबार, साउन १५, २०७७ || 798  पटक पढिएको

त्रिभुवन विश्वविद्यालयले तालाबन्दी गर्ने संगठनलाई वार्तामा बोलाएको छ । त्रिविका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले वार्ताबाट समस्या समाधान गर्न सकिने जनाउँदै वार्तामा बस्न आग्रह गर्नुभएको छ ।

त्रिविका तीन पदाधिकारी र सेवा आयोगको मूल गेटमा ताला लगाएका प्रजातान्त्रिक प्राध्यापक संघले औपचारिक पत्र नआएसम्म वार्तामा नबस्ने अडान दोहो¥याएको छ । संघका अध्यक्ष सहप्राध्यापक जगत् तिमल्सिनाले औपचारिक रुपमा पत्र नआएसम्म वार्तामा नबस्ने स्पष्ट पार्नुभएको छ । उहाँले नेकपाका गुट र उपगुटलाई समेट्न गरेको सबै नियुक्ति बदर नगरेसम्म वार्ता नगर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘हाम्रो पहिलो माग त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटा, रेक्टर प्राडा पेशल आचार्य र शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालको राजीनामा तथा नेकपा निकट व्यक्तिलाई गरेको नियुक्ति बदर गर्नु रहेको छ ।’

तर त्रिविले संघको मागलाई इन्कार गर्दै वार्ताबाटै समस्या समाधान गर्न आग्रह गरेको छ । त्रिविले संघ, लोकतन्त्रवादी प्राध्यापक संघ र नेविसंघलाई वार्तामा आउन आह्वान गरेको छ । शिक्षाध्यक्ष प्राडा भुसालले सार्वजनिक रुपमा आह्वान गरेपछि औपचारिक पत्रको आवश्यक नभएको तर्क राख्नुभयो । उहाँले भन्नुभयो– ‘त्रिविले वार्तामा बोलाएको छ, नआए पुनः प्रयास गर्नेछौं । वार्ता कहिले र कहाँ वार्ता गर्ने टुङ्गो लगाएको छैन ।’
त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले केही दिन पर्खिने र नभए अर्को उपायबाट तालाबन्दी खोल्ने मनस्थिति रहेको बनाउनुभएको छ । उहाँले भन्नुभयो– ‘हामी द्वन्द्व चाहँदैनौ, तर ताला नखोले सुरक्षा निकायको सहयोग लिन बाध्य हुनेछौं ।’

अघिल्ला पदाधिकारीले विभिन्न संगठनले लगाएको ताला तत्काल फुटाउने गरेको प्रसंग जोड्दा उपकुलपति प्राडा बास्कोटाको भनाइ थियो– ‘हामी अहिले नै त्यो बाटोमा जाँदैनौ, समय कुरेर बसेका छौं, यदि ताला नखोले अप्रिय निर्णय गर्न बाध्य हुनेछौं ।’

‘१० दिनदेखि पदाधिकारी कार्यकक्षको मूल गेटमा तालाबन्दी हुँदा त्रिविको कामकारबाहीमा पूर्ण असर परेकाले वार्ता गर्न आह्वान गरेका हांै’ –शिक्षाध्यक्ष भुसालले भन्नुभयो । उहाँले छलफलबाट समस्या समाधान हुने दाबी गर्दै पहिलो कर्तव्य वार्तालाई लिएको बताएको खबर आजको समाचार पत्रले छापेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!