बुधबार, साउन १४, २०७७ || 958  पटक पढिएको

प्रदेशकाे राजधानी रहेको विराटनगरलाई लकडाउन गर्ने बाटाे खुल्ला राख्दै केही दिन थप कडाइ गरिने भएको छ । अबका तीन दिनकाे अबस्थालाई हेरेर लकडाउन गर्ने निर्णय भएको छ । यस्तै जिल्लाका संक्रमित स्थानहरूमा समेत थप निगरानी र कडाइ गरिने भएको हाे ।

माेरङ जिल्ला स्तरीय काेभिड क्राइसिस म्यानेजमेन्ट कमिटीको बुधबार बसेकाे बैठकले तीन दिन थप कडाइ गरिने र अबस्था मूल्यांकन गरि तीनदिनपछी लकडाउन  गरिने निर्णय गरेको छ ।

कोरोनाको जोखिम न्यूनीकरणका लागि  तत्काललाई थप निगरानी र कडाइ गर्ने साथै  अबस्था थप असहज बने तीनदिन पछि लकडाउन गरिने निर्णय भएको विराटनगर महानगरका मेयर तथा सिसिएमसी माेरङका सल्लाहकार  भीम पराजुलीले जानकारी दिए ।

यस अघि विराटनगर  महानगरपालिकाले समेत उद्योगी, व्यवसायी र सम्बन्धित सरोकारवालासँग छलफल गरेर लकडाउन गर्ने नगर्ने विषयमा छलफल गरेकोे थियाे ।

यसक्रममा बजार क्षेत्रदेखि चौकसम्म  सूक्ष्म निगरानी गर्ने बताईएकाे छ । सरकारले ताेकेकाे  स्वास्थ्य प्रोटाेकललाई अपनाउन समेत जनतालाई अपिल  गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!