बुधबार, साउन १४, २०७७ || 949  पटक पढिएको

निकै लामो समय अन्तरालपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली उपाध्यक्ष वामदेव गौतमको निवास ललितपुरको भैसेपाटी पुग्नुभएको छ ।

त्यहाँ कृषिमन्त्री घनश्याम भुसाल र पर्यटनमन्त्री योगेश भट्टराईसहितका स्थायी समिति सदस्यहरुलाई यसअघि नै बोलाइ सकिएको छ । भट्टराई दिउँसोको पार्टी बैठक वीचैमा छाडेर निस्कनुभएको थियो ।

बैठकको मुखैमा अध्यक्षको पक्षमा छ बुँदे बक्तव्य निकालेर बैठकमा पुग्नुभएका गौतमले सरकार र पार्टी दुबै अहिले काम नलाग्ने भएको,पार्टीले जेसुकै निर्णय गरेतापनि अध्यक्ष ओली मान्ने स्थितिमा नभएको, अध्यक्षले विधि मानेनन् भन्दैमा अरुले पनि सोहिबमोजिम कार्वाही गर्दा पार्टी बिभाजित हुने खतरा रहेकोले अहिले उहाँलाई नहटाउँदा बेस हुने धारणा राख्नुभएको थियो ।

माओवादीतर्फका दुई जना स्थायी समिति सदस्य टोपबहादुर रायमाझी र मणि थापा आज बैठकमा नगई सम्पर्कबिहिन भएको,उध्योग मन्त्री लेखराज भट्टले प्रष्टसङ्ग कित्ताकाट गरेको र गृहमन्त्री वादलले दुबैतिर ठिक्क पारेको अवस्थाबाट बालुवाटार उत्साहित भएको पाइएको छ । प्रधानमन्त्री आफूनिकट नेता र सल्लाहकारहरुको भेला सकेर सोझै भैसेपाटी पुग्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!