बुधबार, साउन १४, २०७७ || 514  पटक पढिएको

सशस्त्र प्रहरीको टोलीले नवलपरासीबाट एक वर्षको अवधिमा झण्डै साढे २ करोड मूल्य बराबरको तस्करीका मालसमान बरामद गरेको छ । जिल्लाको विभिन्न नाकाहरुबाट अवैध रुपमा भैरहेको चोरी तस्करीका २ करोड ४६ लाख मूल्य बराबरको विभिन्न सर–सामान बरामद गरी महेशपुर भन्सार कार्यालयलाई बुझाइएको छ ।

सशस्त्र प्रहरी बल नं. २६ गण मातहतका विओपीहरुको सहयोगबाट जिल्लाकोे विभिन्न नाकाकाहरुबाट सो मूल्यको समान बरामद गरी आवश्यक कार्वाहीको लागि भन्सारलाई बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाले जानकारी दिए ।
स्थानीय तस्करहरुले भन्सार छली अवैध रुपमा निकासी पैठारी गरेको लत्ताकपडा, भाँडाकुँडा, खाद्यान्न, मटर, छोहडा, हार्डवयेर÷ईलेक्ट्रोनिक्स, खशीबोका लगायतका सामाग्रीहरु बरामद भएको उनले बताए ।
यसैबीच मंगलबार सशस्त्र प्रहरीले जिल्लाको प्रतापपुर गाउँपालिका ५ बसहियाबाट ९८ हजार मुल्य बराबरको हरियो मटर बरामद गरेको छ । नेपालबाट अवैध रुपमा भारत भित्र्याउने क्रममा गस्तीमा खटिएको प्रहरी टोलीले उक्त मटर बरामद गरि आवश्यक कार्वाहीको लागि महेशपुर भन्सार कार्यालय पठाएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!