मंगलबार, साउन १३, २०७७ || 763  पटक पढिएको

नेपाल कम्युनिस्ट पार्टी नेकपामा फेरि तडकभडक बढेको छ । आन्तरिक विवाद साम्य हुन नसक्दा पार्टी जोगाउन दोस्रो तहका तीन नेताहरु अहिले मूख्य (रोल प्लेयरका) रुपमा सक्रिय भएका छन् ।

पार्टीभित्र सहमतिको प्रयासभन्दा नेकपा गुटबन्दीमा लागगेपछि नेकपालाई फुटबाट जोगाउन स्थायी समिति सदस्य समेत रहेका घनश्याम भुसाल, शंकर पोखरेल र योगेश भट्टराई सक्रिय भएका हुन् ।

मंगलबार बिहान कृषि मन्त्रालयमा तीन नेताहरुले छलफल गरेर पार्टी एकता जोगाउन अन्य नेताहरुसँग छलफल गर्ने निर्णय गरेको बताइएको छ ।

तीन नेताहरुले आ–आफ्नो समूहका शीर्ष नेताहरुलाई सहमतिमा ल्याउने प्रयास गरेका छन् । सोही अनुसार पोखरेलले प्रधानमन्त्री ओलीसँग र घनश्याम र योगेशले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल थालेका छन् ।

यसअघि पनि विवाद समधानका लागि भन्दै स्थायी समितिका ११ जना नेताहरु सक्रिय भएका थिए। अहिले तीनै नेताहरु सहमतिका लागि शिर्षनेताहरुलाई दबाब दिने तयारीम छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!