मंगलबार, साउन १३, २०७७ || 1107  पटक पढिएको

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आगामी दिनमा युद्ध नहुने बताएका छन्। उनले आणविक हतियारको विकासले बाहिरी दबाब र सैन्य खतराका बाबजुद देशको सुरक्षा र भविष्यको सुनिश्चितता गरेको बताए। सन् १९५०-५३ को कोरिया युद्ध अन्त्य भएको ६७ औं वर्षगाँठ उपलक्ष्यमा पूर्व सैनिकहरूसँगको भोजसहितको एक कार्यक्रममा मंगलबार उनले यस्तो बताएका हुन्। कोरियन युद्धको वर्षगाँठ जुलाई २७ मा पर्छ। त्यहाँको सरकारी समाचार संस्था केसिएनएले उक्त कार्यक्रममा उत्तर कोरियाले विकाश गरेको आणविक हतियारले अर्को सशस्त्र युद्ध बन्द गर्ने निरपेक्ष शक्ति दिएको भनाइ राखेको जनाएको छ। ‘अब हामी साम्राज्यवादी र वैमनस्यवादी शक्तिहरूले दिने कुनै पनि प्रकारको दबाव र सैन्य धम्कीको सामना गर्दै आफूलाई बचाउन सक्षम भएका छौं’, उनले भने, ‘हाम्रो भरपर्दो र प्रभावकारी आत्म-बचाव आणविक रोकथामको लागि धन्यवाद, अब युद्ध हुनेछैन। यसले हाम्रो देशको सुरक्षा र भविष्य सदाका लागि ग्यारेन्टी गर्नेछ।’ किमको यो भनाइ प्योंगयांग र वासिङ्टनबीच संवाद ठप्प भएको अवस्थामा आएको हो। दुई देशबीच जारी तनाव कम गर्न किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पछिल्ला दुई वर्षमा दुईपटक संवाद भएपनि त्यसले कुनै नतिजा दिन सकेन।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!