बिहिबार, पौष २४, २०७६ || 966  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,पुस-२४:आर्थिक वर्ष आधा सकिन लाग्दा पनि आशाअनुरुप बजेट खर्च हुन नसकेपछि सरकारले सम्बन्धित मन्त्रालय तथा आयोजनालाई बजेट ‘सरेन्डर’ गराउने तयारी गरेको छ ।फागुन मसान्तसम्ममा ५० प्रतिशत बजेट खर्च गर्ननसक्ने विकासे मन्त्रालय र आयोजनाहरुलाई अर्थमन्त्रालयले बजेट ‘सरेन्डर’ गर्न तयार रहन अर्थमन्त्रीले जानकारी गराएका छन् ।प्रधानमन्त्री स्वयंले अनिवार्य रुपमा फागुनसम्म ५० प्रतिशत खर्च गरिसक्न निर्देशन दिएकोले सोही अनुरुप अर्थमन्त्री डा युवराज खतिवडाले पनि निर्देशन दिएको अर्थमन्त्रालयले जनाएको छ ।अर्थमन्त्रीले सबै अर्थमन्त्रालयका सचिव विभिन्न आयोजनाका प्रमुखलाई राखेर विनियोजन भएको बजेट फागुनसम्म खर्च नभए वा गर्न नसक्ने भए बजेट‘सरेन्डर’ को लागि तयार हुन निर्देशन दिएका छन् । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!