‘मलाई डिभी परेको छ, बिहे गरेर अमेरिका लैजान्छु’ भन्दै ठगी गर्ने दुई महिला महानगरीय प्रहरी अपराध महाशाखाको फन्दामा परेका छन् । महाशाखाका एसएसपी दीपक थापाका अनुसार पक्राउ पर्नेमा कोपिला शर्मा र अनिसा केसी रहेका छन् । ठगी कार्यमा संलग्न उनीहरुलाई महाशाखाको टोलीले बुटवलबाट पक्राउ गरेको हो । ‘अमेरिकाको डिभी परेको छ, लकडाउनले गर्दा अहिले जान मिलेन । लकडाउन खुल्नासाथ बिहे गरेर लैजान्छु’ भन्दै उनीहरुले पुरुषहरुलाई आश्वासन देखाएर ठगी गर्दै आएका थिए । उनीहरुविरुद्ध हालसम्म ६ लाख ५० हजार बराबरको ठगी गरेको जाहेरी आएको महाशाखाका एसएसपी थापाले बताए । उनले भने, ‘अझै पीडितहरु बढ्न सक्नेछन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।’