शनिबार, साउन १०, २०७७ || 1963  पटक पढिएको

नेपाली सेनाले सिरहाको गोलबजार नगरपालिकामा वृक्षारोपण कार्यक्रम गरेको छ । नेपाली सैनिक नागरिक सहयोग कार्यक्रम अन्तर्गत श्री शेर गण चोहर्वा ब्यारेक, सिरहाले आन्तरिक तथा बाह् पर्यटकहरुको आगमन स्थल भई यस क्षेत्रको आर्थिक उन्तिमा टेवा पुग्ने उदेश्यले सिरहको गोलबजार नगरपालिका वाड नं.२ स्थित चुरे भावर ईलाकामा अवस्थित कुम्भीखाडी तालमा ५ हजार विभिन्न जात प्रजातिको बिरुवाहरुको वृक्षारोपण गरिएको छ । समुन्द्रि सतहबाट करिब १७० मिटर उचाईमा रहेको करिब १६ हेक्टर जमिनमा फैलिएको गोलबजार नगरपालिका वडा नं. २ मा अवस्थित तालको थप संरक्षणमा जोड दिइ भविष्यमा आन्तरिक तथा बाह् पर्यटकहरुको आगमन स्थल भई यस क्षेत्रको आर्थिक उन्नतिमा टेवा पुग्न गइ यस ईलाकामा बसोबास गर्ने स्थानिय समुदायहरुको जिबन स्तरलाई माथि उकास्ने सम्भावना बोकेको महसुस गरी नेपाली सेना श्री शेर गण चोहर्वा ब्यारेक, गोलबजार नगरपालिका र डिभिजन वन कार्यालय लहान, सिरहाको संयुक्त आयोजनामा वृक्षा रोपण कार्यक्रम गरिएको हो । उक्त वृक्षारोपन कार्यक्रममा गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साह, उपप्रमुख रेश्म कुमारी थापा, डिभिजन वन कार्यालय लहान, सिरहाका प्रमुख सुभाष चन्द्र दास, श्री शेर गण चोहर्वाका निमित सेनानी राजेन्द्र बोहरा, इलाका प्रहरी कार्यालय गोलबजारका इन्चार्ज जनकपुरी लगायत स्थानीय बुद्धिजिवी, समाजसेवी, नागरिक समाज, संचारकर्मीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको श्री शेर गण चोहर्वा ब्यारेक, सिरहाका क्याप्टेन गिरिजा प्रसाद भट्टले बताएकाछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!