शुक्रबार, साउन ०९, २०७७ || 669  पटक पढिएको

भारतको मुम्बईस्थित सान्ताक्रुज इलाकामा नायिकासँग विवाहको आश्वासन दिएर बलात्कार गरेको आरोपमा एक कन्ट्र्याक्टरविरुद्ध मुद्दा दर्ता गरिएको छ । मुम्बई प्रहरीको तर्फबाट सुदीप कुमार शाह नामका व्यक्तिविरुद्ध मुद्दा दर्ता गरिएको हो । प्रहरीको दुई ऊजुरीमा नायिकाले उनी ओशिवारा इलाकामा बस्ने र उनले सुदीपलाई सन् २०१६ देखि नै चिनेको जानकारी लेखेकी छिन् । सुदीपले आफूलाई विवाहको आश्वासन दिएको र आफूहरु बीच शारीरिक सम्बन्ध पनि स्थापित भएको उनले बताइन् । तर पछि उनलाई सुदीप पहिले नै विवाहित भएको थाहा भएपछि नायिकाले बलात्कारको मुद्दा हालेकी हुन् । आरोपीले नायिकासँग घर खरिद गर्नका लागि पैसासमेत लिएको आरोपः भारतीय मिडिया दैनिक भास्करसँगको कुराकानीमा नायिकाले सुदीपले एक अपपार्टमेन्ट खरिद गर्नका लागि आफूसँग पैसासमेत लिएको भन्ने जानकारी दिएको बताए । आरोपीविरुद्ध मुद्दा दर्ता भएपनि उनलाई पक्राउ भने गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!