बिहिबार, पौष २४, २०७६ || 791  पटक पढिएको

हिपमत डटकम
उदयपुर, पौष २४ :उदयपुरको २ छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन ।

बुधबार साँझ ५ बजेको समयमा उदयपुरको त्रियुगा नगरपालिका(१० स्थितमा गाईघाटबाट चुहाडे तर्फ जादै गरेको स १ ह ३८११ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुदा त्रियुगा नगरपालिका(७ बस्ने २० बर्षिय सिमा दनुवारको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको थियो भने घाईते भएका बर्ष २०कि मन्दिरा बस्नेत, बर्ष ६० को गोबिन्द कार्कि र बर्ष ३७ कि मञ्जु दनुवार को उपचार भईरहेको छ । साथै अटो चालक त्रियुगा नगरपालिका(४ बस्ने बर्ष २८ को होम बहादुर बि।क।लाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी बुधबार साँझ पौने ६ बजेको समयमा उदयपुरको ताप्ली गाउँपालिका २ धपेनी स्थित भित्री सडक खण्डमा रामपुरझिल्के बाट कटारी तर्फ आउँदै गरेको मे १ ज २६६२ नंबरको बोलेरो गाडी आफैं अनियन्त्रित भई सडकबाट अंदाजि ५० मिटर तल खसेर दुर्घटना हुँदा ताप्ली गाउँपालिका(२ लेकगाउँ बस्ने बर्ष अंदाजि २६ को मिलन राई र झापाको बिर्तामोड बस्ने अंदाजि बर्ष ३३ को महेन्द्र राईको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा परेर गम्भिर घाईते भएका उदयपुरको ताप्ली गाउँपालिका(२ लेकगाउँ बस्ने बर्ष अंदाजि २७ को बाबु राई, बर्ष अंदाजि ४० की रस माया राई, बर्ष अंदाजि ३२ को मोतिलाल राई उपचारको लागी बिराटनगर तर्फ ल्याईएको छ । साथै बोलेरो चालक सोही गाउँपालिका(१ ओख्ले बस्ने बर्ष अंदाजि २१ को कोमल राज मगरको स्थानीय मेडिकलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!