बिहिबार, साउन ०८, २०७७ || 1123  पटक पढिएको

विराट नर्सिङहोम अनिश्चित कालका लागि शील गरेको छ ।

सञ्चालक चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएपछि विराटनगर महानगरपालिकाले शिल गरेको हो । विराट नर्सिङ होममा कार्यरत चिकित्सक, कर्मचारी र उपचारमा आउनेह?को कोरोना परीक्षण गरिने छ । नाम, ठेगाना र फोन नम्बर गलत दिएर कोरोना परिक्षण गराएका र ती सञ्चालक चिकित्सकले नर्सिङ होमको व्यापारमा गिरावट आउने भन्दै कोरोना पोजेटिभ आफूलाई भएको लुकाएर महानगर, प्रहरी र स्वस्थ्यकर्मीलाई गुमराहमा राखेका थिए । उनलाई बुधबार नै कोरोना भएको पुष्टि भएको थियो । महानगरको स्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीका अनुसार विराट नर्सिङ होम शील गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश १ को सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय, स्वास्थ्य कार्यालयसमेतका निकायसँग समन्वय गरेर विराटनगर महानगरपालिकाले अस्पताल सिल गरेको हो । बिहीबार सार्वजनिक सूचना टाँस गरेर अर्को सूचना नभएसम्म शील कायम रहने गरेको हो । अस्पतालबाट मंगलबार संकलन गरिएको स्वाबको नतिजा पोजेटिभ आएकाले उपचाररत बिरामी, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षागार्ड लगायतलाई कोभिड–१९ को दायरामा ल्याउनु पर्ने तथा पूरै अस्पताल सेनीटाइज गरेर ‘डिसइन्फेक्ट’ गर्दै सुरक्षित बनाउनु पर्ने छ । सिल गरिएको अवधिभर अस्पतालको ओपीडी तथा आकस्मिक सबै सेवा ठप्प रहने छ ।
बाहिर–भित्र आवतजावतमा रोक लगाइएको छ । अस्पतालल नयाँ बिरामी भर्ना लिन पाउने छैन । अस्पतालमा भर्ना गरिएका बिरामीको भने उपचार जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!