बिहिबार, साउन ०८, २०७७ || 1237  पटक पढिएको

श्रीमती गीता ढकालको हत्या अभियोगमा जन्मकैदको सजायँ पाएका सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइराला भर्खर डिल्लीबजार कारागारबाट रिहा भएका छन् । आठ वर्ष छ महिना डिल्लीबजार कारागारको ‘क’ ब्लकमा बिताएका उनलाई सर्वोच्च अदालतले “चित्त बुझाएर” कैद घटाइदिएको हो । उनलाई लिन कान्छी पत्नी तारा रेग्मी स्वीफ्ट गाडीमा जेल पुगेकी थिइन् । तर पत्रकारको बाक्लो उपस्थिति र भीडभाडको कारण गाडी जेल प्राङ्गणमा राखेर आफू बाहिर निस्किएकी थिइन् भने रञ्जनलाई प्रहरी चालकले सोही गाडीमा राखेर बाहिर ल्याइदिएका थिए । अब उनी ताराको घरतिर बिताउने गरी गएको बताइन्छ । तारा म्यानपावर व्यवसायी हुन् । यसक्रममा पूर्व उद्योग,बाणिज्य तथा आपूर्तिमन्त्री श्यामसुन्दर गुप्तासँग अपहरण काण्डमा मुछिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!