हिपमत डटकम
काठमाडौं,पुस-२४:इरानका जनरल कासिम सुलेमानी अमेरिकी ड्रोन आक्रमणमा मारिएपछि खाडी क्षेत्रमा देखिएको परिस्थितिलाई नियाल्दै नेपाली सेनाले आफ्ना शान्ति मिसनलाई सतर्क रहन निर्देशन दिएको छ।इराकमा रहेका गार्ड युनिट, लेवनन र सिरियामा रहेका शान्ति सेना सकुशल रहेको र उनीहरूलाई थप सतर्क रहन सेनाले बुधबार सर्कुलर गरेको छ। अमेरिकाको प्रतिकार गर्दै इरानले इराकमा तैनाथ अमेरिकी सेनाका विभिन्‍न वेशमा मिसाइल आक्रमणपछि नेपाली सेना पनि झस्केको हो।आफ्ना जवान तथा अधिकृत त्यहाँ रहेको भन्दै उनीहरू अहिले सकुसर रहेको र त्यहाँको परिस्थितिलाई नियाली रहेको समेत जानकारी दिइएको छ। शान्तिका लागि इराकमा रहेका नेपाली सेनाका किर्कुक र अर्विलस्थित राष्ट्रसंघीय बेसमा तैनाथ नेपाल गार्ड युनिटका शान्ति सैनिकलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन जंगी अड्डाले निर्देशन दिएको हो।
अन्नपूर्ण पोष्ट्बाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!