सोमबार, साउन ०५, २०७७ || 2056  पटक पढिएको

नेदरल्याण्ड्सको रक्षा मन्त्रालयले क्यारेबियनको आरुबाबाट उडेको एउटा सैनिक हेलिकप्टर समुद्रमा खसेको जनाएको छ । उड्नासाथ भएको उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मन्त्रालयले उक्त हेलिकप्टर आरुबाबाट आइतबार अपराह्न छिमेकी द्वीप कुराकाओका लागि उडेको जनाएको छ । आरुबा नेदरल्याण्ड्सको स्वामित्वमा रहेको क्यारेबियन द्वीप हो । डच सेनाका प्रमुख रब बाउरले हेलिकप्टरमा सवार चार जनामध्ये दुई जनाको मृत्यु भएको र दुई जना सकुशल रहेको जानकारी दिनुभयो । हेलिकप्टर दुर्घटनाको कारण भने अझै खुलेको छैन । डच सैनिकहरुले हेलिकप्टरको ब्लाक बक्स खोजी कार्य शुरु गरेका छन् । सेना प्रमुख बाउरले दुर्घटनाका सम्बन्धमा छानबिन शुरु भइसकेको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!