सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.५ मा रहेको जय वजरंगवली सामुदायीक वन क्षेत्रमा नेपाली सेना, रामनगर मिर्चैया उधोग वाणिज्य संघद्धारा चरा चुरूगींहरूको लागि फलफूलको वृक्षारोपण गरिएको हो । नेपाली सेना, रामनगर मिर्चैया उधोग वाणिज्य संघ तथा राष्ट्रियप्रमी नागरिक समुहको सहकार्यमा फलफूल तथा वृक्षारोपण कार्यक्रमको शुरु गरेको छ । जय वजरंगवली सामुदायीक वनमा ९ जातका फलफूल लगायत ८२ विरुवा लगाएको रामनगर मिर्चैया उधोग वाणिज्य संघका सचिव भरत महासेठले जानकारी दिए । त्यसमा जाबुनको विरूवा १० ओटा , अम्बाको विरूवा २० आटा, अमलाको विरूवा १० ओटा , पिपलको विरूवा ७ ओटा, बरहरको विरूवा १० ओटा , अशोक विरूवा ५ ओटा, कपुरको विरूवा ५ ओटा , आँपको विरूवा १० ओटा र विजमोहनका विरूवा १० ओटा रहेको रामनगर मिर्चैया उधोग वाणिज्य संघका सल्लाकार अशोक कुमार साहले बताए ।