रचना— नितेश भण्डारी
माया यो मेरो माया तिमीलाई अर्पन गरे
मेरो अधुरो यो जीवन तिमीमा सर्मपन गरे
मेरो त्यो लाखौ सपना तिमीलाई पाउने थियो
धड्कन मेरो तिमीलाई सधै बसाउने थियो
संघारको धुलो तिमीले मेरो चाहालाई बनायौ
विश्वासको पवित्र बन्धन तोडेर मलाई रुवायौ
आशुँको बाढीले मेरो खुसी बगाईदियो है
तिम्रो त्यो झुठो मायाले मुटु टुक्राईदियो है
जन्मजन्म साथ दिन्छु भन्थयौ किन है एक्लै छाड्यौ
पलपल मलाई जलाई तिमीले जिउँदै मार्यौ