शनिबार, साउन ०३, २०७७ || 680  पटक पढिएको

नियमित रुपमा शारिरीक अभ्यासमा सम्लग्न हुने जेष्ठ नागरिकहरुलाई मानसिक तनाव कम पर्ने एक अध्ययनले देखाएको छ । त्यसैगरी दीर्घ रोग, कमजोर मांसपेशीसम्वन्धी समस्या र अन्य शारिरीक कमजोरीलगायतका लागि पनि नियमित शारिरिक अभ्यास छ की छैन भन्ने कुराले महत्व राख्ने अध्ययनकर्ताहरुको निश्कर्ष छ । ब्राजिलको साओ पाउलो विश्वविद्यालयबाट गरिएको अध्ययनको प्रतिवेदन अमेरिकी जेरियाट्रिक्स सोसाइटीको जर्नलमा प्रकाशित भएको हो । अध्ययनले पाँच देखि १० दिनसम्मको निस्क्रियताले पनि मांशपेसीमा समस्या ल्याउन सक्ने देखाएको प्रतिवेदनमा उल्लेख छ । विश्वभरी कोरोनाभाइरसको सङ्क्रमण फैलिएपछि जेष्ठ नागरिकहरुको शारिरीक अभ्यासमा कमी आएको र त्यसले उनीहरुको स्वास्थ्यमा पनि असर पारेको अध्ययनकर्ताहरुले बताएका छन् । दैनिक एक हजार ५०० पाईलासम्म हिडेकाहरुलाई मांशपेसी चलेर स्वास्थ्यमा कम समस्या आउने अध्ययनले देखाएको छ । शारिरीक अभ्यास कम हुँदा रगतमा चिनीको मात्रा बढ्ने चिकित्सकहरुको पनि भनाई छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!