बलिउडकी अभिनेत्री रेखाको सुरक्षा गार्डमा कोरोना संक्रमण पुष्टि भएपछि उनको बंगला सील गरिएको छ । यसै सिलसिलामा रेखा पुनः एकपटक सञ्चार माध्यममा छाएकी छिन् । उनका सुरक्षा गार्डमा कोरोना पुष्टि भयो तर रेखालाई भाइरसको संक्रमण भएको हो वा होइन भन्ने विषयमा भने कुनै तथ्य बाहिर आएको छैन ।,घरमा कोरोना संक्रमित भेटिएपछि उनको घर बाहिर बीएमसीले कन्टेन्मेन्ट जोकको बोर्ड समेत लगाएको छ । रेखाले आफूलाई संक्रमण भए नभएको कुनै आधिकारिक जानकारी दिएकी छैनन् । यद्यपि, उनले कोरोना भाइरसको परीक्षण भने गराएको बताएकी छिन् । अभिनेत्री रेखाका म्यानेजरले बीएमसीलाई दुई दिनभित्र कोरोना परीक्षण गरे रिपोर्ट बीएमसीलाई पठाउने बताएका छन् । यसैबीच, सुरक्षा गार्डमा संक्रमण भेटिएपछि रेखाको घर सेनिटाइज गर्न बीएमसीका कर्मचारी गएका थिए । सात दिनसम्म लगातार ढोका ढक्ढक्याउँदा पनि गेट नखुलेपछि उनको घर सेनिटाइज गर्न समस्या भएको बीएमसीले जनाएको छ । भारतीय सञ्चार माध्यमहरुले रेखाको घर सेनिटाइज गर्ने काम भइसकेको समेत उल्लेख गरेका छन् ।